समाजमा राजनीतिक दबाबले पनि लैङ्गिक हिंसामा कमी नआएको सरोकारवालााको भनाई

  ०७६ असार २८ गते

समाजमा लिङ्गकै आधारमा हुने हिंसामा कमी नआएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका पदाधिकारीसँग प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम असार २७ गते काठमाडौँको थानकोटमा आयोजना गरिएको कार्यक्रममा उक्त कुरा बताइएको हो ।

शिक्षित परिवारमा नै यस किसिमका लैङ्गिक हिंसा हुने र घटना घरमा मिलाउने प्रचलनले समाजमा अझै जरा गाडेको कार्यक्रमका सहभागीहरूले बताए ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल थानकोटकी संयोजक लक्ष्मी अर्यालले समाजमा बहुविवाहको समस्या विकराल रहेको बताइन् ।

उनले समस्या समाधान गर्न समेत राजनीतिक हस्तक्षेप बढ्नाले हिंसा रहित समाज निर्माणमा कठिनाई परेको सुनाइन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर कालीमाटीको महिला तथा बालबालिका सेवा केन्द्रकी इन्स्पेक्टर चेतना पोखरेलले सहजिकरण गरेकी थिइनन् ।

कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), साथीसङ्गी नेपाल र महानगरीय वृत्त थानकोटले सहकार्यमा आयोजना गरिएको हो ।


विमला पौडेल