समाचार सङ्कलनमा खटिएका पत्रकारलाई प्रहरीद्वारा दुर्व्यवहार
नेपाल टेलिभिजनका संवादाता भीमदत्तनगरपालिका–४ का पदम बोहरालाई नगरविकास समिति अवैध लिज प्रकरणको समाचार सङ्कलन गर्न गएको समयमा पुस १३ गते प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको पीडितको आरोप छ ।
पत्रकार पदम बोहरालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरीले फोटो किन खिचिरहेको भन्दै कुटपिटका साथै गालीगलौज गरेको पीडित बोहराले बताए ।
बोहराले आफू समाचार सङ्कलन गर्न गएका बेला प्रहरीको बारेमा को हो फोटो खिच्ने र कुराकानी गर्ने भन्दै वडा प्रहरी कार्यालयबाट आएको प्रहरीको टोलीले कुटपिट गर्दै वडा प्रहरी कार्यालयमा थुनेको बताए ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर सुर्य थापाले प्रहरीसँग विवाद गरेकाले गिरफ्तार गरेको बताए ।
पत्रकार महासङ्घ जिल्ला शाखा कञ्चनपुर र नेपाल प्रेस युनियनले पत्रकार बोहरामाथि भएको कुटपिट, दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…