समाचार लेखेको आरोपमा पत्रकारलाई कुटपिट गर्ने धम्की

  ०७३ चैत ७ गते

लहान नपा-२० का ३० वर्षीय नयाँ पत्रिकाकर्मी दिलीप सिंहलाई चैत ७ गते लहानस्थित एक निजी विद्यालयका प्रिन्सिपलले कुटपिट गर्ने धम्की दिएका छन् ।

लहान-१ स्थित सिता नोबेल न्युज सेन्टर भित्र कम्प्युटरमा सामाचार लेखिरहेको अवस्थामा देब आइडियल इङ्लिश बोर्डिङ् स्कुलका प्रिन्सिपल ४५ वर्षीय मुरारी साहले सामाचारको विषयलाई लिएर कुटपिट गर्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् ।

माध्यमिक शिक्षा परीक्षा अन्तर्गत लहान-११ स्थित पडरिया थारू टोल केन्द्रमा चैत ६ गते भएको गणित विषयको परीक्षामा सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमराज भट्टराई, एसपी शेखर कोइरालासहितको अनुगमन टोलीले नक्कली निरीक्षक गिरफ्तार गरेको सामाचार नयाँ पत्रिका चैत ७ गते प्रकाशित भएको थियो । उक्त सामाचारको विषयलाई लिएर प्रिन्सिपल साहले धम्की दिएको नयाँ पत्रिकाकर्मी दिलीप सिंहले आरोप लगाए ।

उनका अनुसार मुरारी साहले नक्कली निरीक्षक गिरफ्तारी बारे सामाचार किन पत्रिकामा प्रकाशन गरेको ? भन्दै कुटपिट गर्ने धम्की दिएको हो । पत्रकार सिंहले भने-'म सामाचार लेखिरहेको थिँए । सो ठाउँमा आएर समाचार किन लेखेको ? भनी उफ्रिदै कुटपिट गरी काटेर टुक्राटुक्रा पारि दिने भन्दै धम्क्याए ।'

प्रिन्सिपल साहले सामाचार लेख्दा पुर्ण लेख्नु पर्ने आधामात्र किन लेखेको ? भन्दा पत्रकार सिंहले बढी कुरा गरेकोले आफूले बढी बोले कुटपिट गर्ने भनेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले घटना जानकारी भएकोले अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

घटनाको विरोधमा शेख मिडिया हाउस र प्रेस चौतारीले खेद प्रकट गर्दै आरोपितलाई कारबाहीको माग गर्दै चैत ७ गते प्रेस विज्ञप्ति प्रकाशित गरेका छन ।


दुर्गा परियार