समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई धम्की
मनास्लु डटकमका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य शहिद लखन गाउँपालिका–१ बक्राङ निवासी ३७ वर्षीय राजेन्द्र न्यौपानेलाई समाचार प्रकाशनको विषयलाई लिएर गोरखा नगरपालिका–५ सतिपिपलका २५ वर्षीय रचन परियारले मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासङ्घ गोरखा शाखाले मङ्सिर २१ गते विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार न्यौपानेले गोरखा अस्पतालका चिकित्सक माथि मङ्सिर २० गते एक समूहले गरेको दुर्व्यवहार घटनाको विषयमाथि समाचार लेख्नुभएको थियो ।
पत्रकार न्यौपानेले के भएको थियो गोरखा अस्पतालमा भन्ने शीर्षकमा समाचार प्रकाशन गर्नुभएको थियो ।
समाचारमा गोरखा अस्पतालमा भएको घटना र स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारबारे लेखिएको थियो ।
सोही समाचारलाई लिएर परियारले सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर मार्फत न्यौपानेलाई फोन गरी धम्क्याएको पीडितको आरोप छ ।
पत्रकार महासङ्घ गोरखा शाखाले जारी गरेको विज्ञप्तिमा समाजमा आतङ्क फैलाउँदै समाचार लेखेबापत धम्की दिने उपर तत्काल गिरफ्तार गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।
महासङ्घका अध्यक्ष किशाेर जङ्ग थापाले जिल्ला प्रहरी कार्यालय गोरखामा मङ्सिर २२ गते परियारविरुद्ध कारवाहीको माग गर्दै उजुरी दिनुभएको इन्स्पेक्टर धर्म अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…