समयमै सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकले मागे इन्सेकको सहयोग
बिश्रामपुर गाउँपालिकाको कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो गर्दै ज्येष्ठ नागरिकहरूले इन्सेकको सहयोग मागेका छन् ।
प्रथम चौमासिकमा वितरण गर्नुपर्ने रकम नपाएको भन्दै यहाँका ज्येष्ठ नागरिकहरूले मङ्सिर २७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई सोको लागि पहल गरिदिन निवेदन दिएका हुन् ।
निवेदन आएपछि पौडेलले विश्रामपुर गाउँपालिका–१ का वडा अध्यक्ष हृदयनारायणप्रसाद यादव, पञ्जिकरण शाखाका फिल्ड सहायक रुपेश यादव, प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरी र गाउँपालिका अध्यक्ष अमिरिलाल राउत भेडिहरसँग छलफल गरी निकास निकाल्न आग्रह गर्नु भएको थियो ।
सो छलफलका क्रममा वडा अध्यक्ष यादवले मङ्सिर महिना भित्रमा वितरण हुने बताउनु भयो । ‘पहिला वडा कार्यालयले ज्येष्ठ नागरिकलाई घरघरमा गएर नगद वितरण गरेकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकदेखि अनलाइन सेवाबाट वितरण गर्नका लागि तयारी गर्दा ढिलो भए पनि एक हप्तामा वितरण गरिनेछ ।’–उहाँले भन्नु भयो ।
वडाध्यक्ष यादवले गाउँपालिकाको कार्यालयसँगै रहेको एनएमबि बैङ्कको शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने बताउनु भयो ।
कोभिड–१९ का कारण सामाजिक सुरक्षा भत्ता कात्तिकमा वितरण गर्न नसकेको पञ्जिकरण शाखाका फिल्ड सहायक रुपेश यादवले बताउनु भयो ।
उहाँले पञ्जिकरण विभागले दिएको जिम्मेवारी पुरा गर्न गाउँपालिकाको कार्यालयले कार्य गर्ने कोठा, कम्प्यूटर लगायतका सामग्री उपलब्ध नगराएकाले समयमा काम गर्न नसकेकोसमेत बताउनु भयो ।
वितरण गर्न सबै तयारी भएकाले लेखा शाखाले पेश गर्नासाथ वितरण हुने प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीले बताउनु भयो ।
लेखा प्रमुख विदामा रहेकाले रोकिएको भएपनि लेखा प्रमुख विदाबाट फर्केपछि वितरण हुने गाउँपालिका अध्यक्ष अमिरिलाल राउत भेडिहरले बताउनु भयो ।
मङ्सिर २७ गते सम्ममा आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता नपाएको सोही गाउँपालिका–१ छतवा चौकी टोलका ७६ वर्षीय शिवप्रसाद मुखिया विनले बताउनु भयो ।
चार्डपर्वमा कपडा लगाउन नपाएको सोही टोलका ७६ वर्षीय नन्द ठाकुरले बताउनु भयो । स्वास्थ्यमा समस्या भएकाले भत्ता नपाएकाले चिकित्सकका सल्लाह अनुसार औषधि खान नसकेको सोही टोलकी ७० वर्षीय देवकलीया लोहारीनले बताउनु भयो ।
वडा कार्यालय र गाउँपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको सोही टोलकी ७४ वर्षीया सोहरतिया देवी विनिनले बताउनु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुर
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज गिरफ्तार
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महोत्तरी–सर्लाही इन्चार्ज ४५ वर्षीय कमलबहादुर शुसलिङ्गलाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ । सर्लाहीमा चन्दा आतङ्क मच्चाएको आरोपमा इलाका प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–११ बाब्ला निवासी राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई फागुन १६ गते गिरफ्तार गरेको छ । फागनु १५ गते बनभोजबाट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडितका ४२ वर्षीय बुवालाई फागुन १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ४ ललितपुर निवासी २० वर्षीय मिथुन हरिजनलाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी…