समयमै पाठ्यपुस्तक नपुग्दा दिद्यार्थीहरु मर्कामा

  ०७६ चैत ४ गते

हिमाल पारिको जिल्ला मनाङको विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नपुग्दा विद्यार्थीहरुमा मर्कामा परेका छन ।

नासो गाउँपलिका–५ थोचे स्थित प्रकाश ज्योति माविमा फागुन १ गते देखि शैक्षिक सत्र सुरु भएपनि अहिले सम्म पाठ्यपुस्तक नआएको विद्यालयका प्रधानाध्यापक पद्मराज पन्थीले बताउनुभयो ।

पुस्तक फेरिएको भएर पनि यहि दिन आउँछ भन्ने टुंगो नभएको पन्थीको भनाइ छ । कक्षा १, ६, ७, र ८ को सम्पूर्ण पाठ्याशं फेरिएको पदमराजले बताउनुभयो । फेरिएका कक्षाको बाहेकका कक्षाहरुको पुरानै किताबले काम चलाइएको प्रअ पन्थीले बताउनुभयो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख शिवप्रसाद ढुंगानाका अनुसार स्टेशनरीबाट सिधै पुस्तक किन्न पाउने भएकोले विद्यालयले पुस्तक ल्याउन ढिलो गर्न नहुने बताउनुभयो । पुस्तकको बिल भरपाइ ल्याएपछि विद्यालयलाई गाउँपालिकाले भुक्तानी गर्ने ढुंगानाको भनाइ छ । मनाङको विद्यालयको स्टेशनरीको जिम्मा लमजुङको भोटेवडारको सापकोटा स्टेशनरी पसलले लिएको छ ।

स्टेशनरी पसलका संचालक ज्ञानहरी सापकोटाका अनुसार विद्यालयबाटै माग आउँन ढिलाइ भएको हुनाले समयमा पुस्तक पठाउन नसकिएको बताउनुभयो ।

मनाङ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायण रेग्मीका अनुसार जिल्लाको सबभन्दा धेरै ११ वटा विद्यालय नासो गाउँपलिकामा रहेको र त्यहाँ चार सय विद्यार्थीहरु रहेको रेग्मीको भनाइ छ ।

उपल्लो मनाङमा चैतबाट शैक्षिक सत्र सुरु हुने प्रमुख रेग्मीले बताउनुभयो । प्रकाश ज्योति माविमा कक्षा ९ मा अध्ययनरत छात्रा मनीसा विकका अनुसार पुस्तक नभएकोले कापी र कलम मात्र लिएर जानुपर्ने अवस्था छ ।

शिक्षकहरु पनि नियमित हुनुहुन्न । प्रअ पदमराज विष्टका अनुसार पुस्तक डिलरले ढुवानी खर्च धेरै लाग्ने भएकोले एकैचोटी पुस्तक ल्याउन खोज्दा ढिलो भएको बताउनुभयो ।

नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार डिलरले पुस्तक ल्याउन ढिलो गरे गाउँपालिकाको यातायात साधन प्रयोग गरेर भएपनि २ दिनभित्र पुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


दलबहादुर मजाकोटी