समयमा अस्पतालले भर्ना नलिदाँ उपचारबाट वञ्चित, बिरामीको मृत्यु

  ०७७ साउन ९ गते

कोरोना भाइरसको सङ्क्रमण भए, नभएको पुष्टि माग गर्दै अस्पतालले बिरामी भर्ना नगर्दा उपचार अभावमा उदयपुर कटारी नगरपालिका – ५ का २३ वर्षीय पदमबहादुर राईको साउन ९ गते मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि परिवारले पदमबहादुरलाई साउन ९ गते विराटनगर ल्याएको थियो । सुरूमा बिरामी नोबेल अस्पताल विराटनगर लगिएको थियो ।

बिरामीका बारेमा अस्पताल प्रशासनलाई जानकारी गराएर बिरामीलाई स्टेचरमा राखि आकस्मिक कक्षतर्फ लैजाने क्रममा अस्पताल प्रशासनले कोरोना भए नभएको पुष्टि गर्न बिरामीमा परिवारलाई दबाब दिएको थियो ।

बिरामीका बारेमा सबै जानकारी गराएर आस्कमिक कक्षतर्फ लैजाने क्रममा कोरोना भए नभएको रिपोर्ट माग गर्दै नोबेलले बिरामीलाई भर्ना नलिएको बिरामीलाई लिएर आउनु भएका स १ च १२०५ नम्बरका एम्बुलेन्स चालक ३१ वर्षीय सुवास तामाङले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

बिरामीको कोरोना परीक्षण नभएको जानकारी परिवारले अस्पताललाई गराएपछि अस्पतालले कोशीमा उपचार हुने भन्दै फिर्ता पठाएको थियो ।

साउन ९ गते दिउँसो साँढे दुई बजे बिरामीलाई कोशी अस्पताल पु‌र्‍याएपछि अस्पतालले गेटमा रोकेर बिरामीको स्वाब सङ्कलन गरेको थियो ।

बिरामीको स्वाब सङ्कलन गरी भर्ना गर्ने तयारी गरीरहेको बेला बिरामीको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । उहाँले भन्नुभयो “बिरामी आएपछि स्वास्थ्यकर्मीले चिकित्सकलाई जानकारी गराए लगत्तै आइसोलेशनमा स्वाब सङ्कलन गर्ने तयारी रहेकै समयमा बिरामीको मृत्यु भयो ।”

स्वास्थ्यमा समस्या देखिएपछि पदमबहादुरलाई साउन ८ गते कटारी अस्पताल उदयपुरमा भर्ना गरिएको थियो । अस्पतालले बिरामीको उपचारका लागि विराटनगर रिफर गरेपछि बिरामीलाई लिएर आएको एम्बुलेन्स चालक सुवास तामाङले बताउनुभयो ।

Morang photo 20200724 (2)

Morang photo 20200724


नेत्रप्रसाद अधिकारी