सप्तरी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपियाँ दिने मन्त्रिपरिषद्को निर्णय
सरकारले सप्तरी घटनाका ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन २५ गते बसेको बैठकले सप्तरी घटनामा ज्यान गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्ति स्वरुप उक्त रकम दिने निर्णय गरेको हो ।
बैठकले घटनामा घाइते भएकाहरूलाई निशुल्क उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको छ । साथै घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने बैठकले निर्णय गरेको स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिएका छन् ।
उनले गठन हुने उक्त जाँचबुझ आयोगमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश वा न्याय सेवाबाट अवकाश पाएका विशिष्ट व्यक्ति रहने व्यवस्था गरिएको बताए । आयोगका पदाधिकारीहरू प्रधानमन्त्रीको सहमतिमा नियुक्त हुने र १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउन आयोगलाई समय निर्धारण गरिएको पनि जनाइएको छ ।
एमालेले थालेको मेची-महाकाली अभियानको क्रममा फागुन २३ गते सप्तरीमा आयोजना गरेको सभालाई बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको झडपका कारण चार जनाको मृत्यु भएको थियो ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…