सदरमुकाममा खानेपानीको समस्या हुँदा जनजीवन प्रभावित
जिल्ला सदरमुकाम बेसीशहर बजारमा खानेपानीको अभाव हुँदा समस्या भएको छ । पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको बेसीशहर खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताए ।
हाल बजारमा दैनिक रूपमा प्रतिसेकेण्ड ३८ लिटर पानी आपुर्ति हुनपर्नेमा दैनिकरूपमा प्रतिसेकेण्ड २१ लिटर पानी मात्र आपुर्ति हुने गरेको प्रधानको भनाई छ ।
बजारमा २ हजार ६ सय ७० धाराबाट बजार क्षेत्रमा ३५ लाख उपभोक्तालाई खानेपानी वितरण गर्दै आइरहेको प्रधानले जानकारी दिए ।
पर्यटकको आवागमन समेत बढी हुने समयमा खानेपानी अभाव हुँदा होटल व्यवसायमा समेत समस्य भएको होटल ब्यवसायी बताउँछन् ।
जिल्लामा पानी उपलब्ध गराउने ट्याङकर समेत सहजै नपाइने हुँदा झनै समस्या परेको घलेगाउँ गेष्ट हाउसका प्रोपाइटर आशवीर गुरूङले बताए ।
पानीको अभाव हुँदा जिल्ला कारागारमा समेत कैदीबन्दीलाई खाना पकाउन, सरसफाइ र शौचालयमा प्रयोग गर्न समेत समस्या भएको जिल्ला कारागारका निमित्त प्रमुख मनिशा चन्दले बताइन् ।
पानीको अभावको कारणले गर्दा जिल्ला अस्पतालमा पनि समस्या भएको अस्पतालका प्रशासकिय प्रमुख युवराज देवकोटाको भनाइ छ ।
अस्पतालमा पानी अभाव हुँदा अस्पतालमा सरसफाई तथा विशेषगरी शौचालय फोहोर र दुर्गन्धित हुनुका साथै सङ्क्रमणको समस्या हुने गरेको देवकोटाले बताए ।
बेसीशहरमा दैनिक रूपमा ५२ लाख लिटर पानी आवाश्यकता परेपनि हाल १७ लाख लिटर पानीमात्र उपलब्ध हुँदै आएको छ । बजारमा पानीको आपुर्ति हाल छुट्टाछुट्टै सात ओटा मुहान र एउटा बोरिङबाट खानेपानी ल्याइएको छ ।
जिल्ला खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले खानेपानीको अभाव भएपछि समितिले पटकपटक नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय आदी सम्बन्धित ठाउँमा समस्या राखेको भएपनि सम्बोधन नभएको गुनासो गरे ।
ट्याङकर नहँुदा दमकल प्रयोग गरेर अत्यावश्यक क्षेत्रमा पानी उपलब्ध गराइरहेको र दीर्घकालिन रूपमा समस्या समाधानको प्रयास गरिरहेको बेसीशहर नगरपालिकाको प्रमुख गुमानसिंह अर्यालले बताए ।
नगरपालिका प्रमुख अर्यालले खानेपानी आपुर्तिको लागि छिटै नै वैकल्पिक मुहान खोजी गरी नगरको खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…