सञ्चार गृह भित्रै प्रवेश गरी पत्रकारमाथि कुटपिट, इन्सेकद्वारा दोषीलाई कारवाही गर्न माग

  ०७७ भदौ २६ गते

जिल्ला प्रहरी कार्यालय,कैलालीको हिरासतमा रहेका '१९ वर्षीय युवकले गरे आत्महत्या' भन्ने शीर्षकमा दिनेश एफएमले प्रकासन तथा प्रासरण गरेको समाचार झुठो भएको भन्दै डिलिट गर्नु पर्ने माग राखी  भदौ २६ गते दिउँसो एमएम कार्यालयमा पुगेका १५ / २० जना आक्रोसित युवाहरूले दिनेश एफएमका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका छन् ।

सुरुमा चार जना युवा कार्यालयमा आएर सोधपुछ गरिरहेको अवस्थामा एक्कासी १५ / २० जना युवाहरु कार्यालय भित्र प्रवेश गरी भुट्टो समाचार प्रकासित गर्ने भन्दै आफूमाथि कुटपिट गरिएको दिनेश एफएमका सह–सम्पादक जनक विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

एफएम कार्यालय भित्रै होहल्ला भएको सुनेर आउँदा आफुमाथिसमेत आक्रोसित युवाहरुले हातपात तथा दुर्व्यवहार गरेको एफएमका प्रबन्धक अमिता कुँवरले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

आफूहरुमाथि कुटपिट,हातपात र दुर्व्यवहार गरिएको भन्दै पीडितहरुले भदौ २६ गते नै धनगढी उमनपा– ५ का कुवेर खड्का, प्रमोद खडका र जिवन बिककाविरुद्ध जिल्ला प्रहरी कार्यालय,कैलालीमा किटानी जाहेरी दिएका छन् ।

दिनेश एमबाट प्रकाशित तथा प्रासारित समाचारलाई लिएर दिनेश सञ्चार गृहमाथि साङ्घातिक आक्रमण गरी पत्रकारमाथि गरिएको कुटपिट घटनाप्रति गम्भिर ध्यानकर्षण भएको भन्दै भदौ २६ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीले प्रेश विज्ञप्ति जारी गरी घटनाको निन्दा तथा भत्र्सना गरेको  छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख खड्कराज जोशीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘समाचारका विषयमा बिमती भए त्यसको समाधानका लागि कानुनी बाटो अवलम्बन गर्नु पर्नेमा सञ्चार गृहमा साङ्घातिक आक्रमण गरी पत्रकारमाथि कुटपिट तथा हातपात गर्नु कानुनको अवहेलना गरिएको हाम्रो ठहर छ । यस निन्दनिय र आपत्तीजनक कार्यको इन्सेक घोर निन्दा तथा भत्र्सना गर्दछ ।’

घटनामा सङ्लग्न जोकोही भएपनि तत्काल कानुनी दायरामा ल्याई कार्वाही गर्न तथा सञ्चार गृह तथा पत्रकारहरुको सुरक्षाको प्रत्यभुती गर्न सरकार तथा सम्बन्धीत पक्षसँग इन्सेकले माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएको अवस्थामा मृत्युृ भएका भनिएका व्यक्तिको बारेमा सत्यतत्थ्य छानबिन गरी सार्बजनिक गर्नसमेत स्थानीय प्रहरी प्रशासनसँग विज्ञप्तिमार्फत माग गरिएको छ ।

press Stetment20200911kailali


मैनामोती चौधरी