सञ्चार उद्यमीमाथि एसिड प्रहार, आरोपित गिरफ्तार

  ०७५ कात्तिक ७ गते

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर निवासी वाइपास दैनिकका प्रकाशक ४० वर्षीय धिरज दारुकामाथि वीरगञ्जमा कात्तिक ६ गते साँझ एसिड प्रहार गरिएको छ ।
आफ्नै घर आगाडि उभिएका बेला सञ्चार उद्यमी दारुकामाथि एक महिलाले एसिड प्रहार गरेको आरोप छ ।

सञ्चार उद्यमी दारुकाकै छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रेवती ढकालले जानकारी दिए ।

घाइते दारुका वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीले यस विषयमा आरोपित सिंहलाई गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


केसी लामिछाने