सङ्क्रमित क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि

  ०७७ वैशाख ११ गते

कोरोना भाइरस प्रभावितको अवस्था र यसबाट सृजित समस्या बुझन् विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रतिनिधि डा. राजन पटेल वैशाख ११ गते उदयपुर पुग्नु भएको छ ।

वैशाख ११ गते स्वास्थ्य सेवा विभाग टेकुका इडिसिडीका प्रतिनिधि लिलाविक्रम थापा, प्रदीप रिमाल, पशुसेवा विभागका डा.सृजन रानाको टोलीले प्रभावित क्षेत्र त्रियुगा नगरपालिका ३ भुल्केमा स्थलगत अनुगमन गरेको छ ।

टोलीले सङ्क्रमणको अनुसन्धात्मक विश्लेषण गर्दै अबको रणनीति कस्तो हुने भन्ने बिषयमा नेपाल सरकारको कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय संयन्त्रलाई सुझाव पेश गर्ने बताइएको छ ।

टोलीका सदस्य स्वास्थ्य विभागका प्रतिनिधि लिलाविक्रम थापाले कोरोना कहाँ र कसरी भित्र्यिो, त्यसपछिको अवस्था के छ, सङ्क्रमण कुन तहमा जाँदैछ, कसरी फैन्लदैछ भन्ने बिषयमा विश्लेषण गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिलो चरणमा सङ्क्रमित व्यक्तिको घरमै गई परिवारसँग डव्लुएचओका प्रतिनिधिले कोरोना कहाँ, कसरी, थप को–को सँग भेटघाट भयो, अहिलेको अवस्था के छ भन्ने बिषयमा छ छलफल भएको छ, अब पछि निचोड निकाल्छौ ।

‘संयुक्तरूपमा अवस्था विश्लेषणपछि दोस्रो चरणमा रहेको कोरोना तेस्रो चरणमा प्रवेश गर्ने अवस्था भए नभएको निष्र्कष निकाल्छौ, थापाले भन्नुभयो । टोलीले दुई दिनसम्म बसेर छलफल गर्ने जनाएको छ ।

 


भरत खड्का