सङ्क्रमणकालीन न्यायका बाँकी काम समयमा नै सम्पन्न गर्न अधिकारकर्मीको ध्यानाकर्षण

  ०७६ असोज १० गते

सङ्क्रमणकालीन न्यायका बाँकी काम समयमा नै सम्पन्न गर्न जबाफदेहिता निगरानी समितिसम्बद्ध अधिकारकर्मीहरूले सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

द्वन्द्व पीडितहरूसँग छफफल गरेर मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्न जबाफदेहिता निगरानी समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकको मस्यौदा तर्जुमा गर्नु पूर्व सरोकालवालासँग परामर्श गर्ने ढाँचाप्रति उनीहरूको आपत्ति रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारलाई दिइएको गर्न लागेको परामर्शमार्फत निर्माण गरिएका ढाँचा काम सक्ने बाहानाको रूपमा मात्रै नभई द्वन्द्वबाट आगामी दिनहरूमा पनि अलग राख्न ऐन पुनर्लेखन समेतको अवसरका रूपमा रहेको छ ।

द्वन्द्व पीडितहरूको अधिकार र न्याय सुनिश्चित गर्न कानुन संशोधन गरेपछि मात्र आयोग गठन गरिनु पर्ने माग जबाफदेहिता निगरानी समितिले राखेको छ ।


विमला पौडेल