संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

  ०७३ चैत ३० गते

सरकारले संविधानको नयाँ संशोधन विधेयक चैत २९ गते व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गराएको राससले जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयको विधेयक शाखामा 'नेपालको संविधान संशोधन गर्न बनेको विधेयक' दर्ता गराएको हो ।

विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । चैत २९ गते दर्ता गरिएको विधेयकमा सिमाना फेरफेर गर्ने प्रस्ताव राखिएको छैन ।


अनलाइन डेस्क