संविधान संशोधन प्रस्ताव फिर्ता

  ०७३ चैत २९ गते

सरकारले व्यवस्थापिका-संसदमा विचाराधीन 'नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको राससले जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को चैत २९ गतेको बैठकमा संशोधन फिर्ता लिन अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सशोधन फिर्ता लिने उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतबाट स्वीकृत भएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

सो अवसरमा मन्त्री नायकले सरकारले समस्या समाधानका लागि सो प्रस्ताव फिर्ता लिएको बताउँदै समस्या समाधानका लागि सबैको सहमति आवश्यक रहेको विचार राखे ।


अनलाइन डेस्क