संविधान संशोधनको माग गर्दै विश्व आदिवासी दिवस मनाइयो

  ०७४ साउन २५ गते

'सम्पूर्ण आदिवासी जनजातिहरूको अभियान, जातीय पहिचानसहितको सङ्घीय संविधान संशोधन' भन्ने मुल नाराका साथ सुरुङ्गा नपा-४ मधुपट्टीमा साउन २५ गते २३ औँ विश्व आदिवासी दिवस मनाइएको छ ।

Photo20170809Saptari1

कार्यक्रमका वक्ताहरूले आदिवासी जनजातिमाथि राज्यले विभेद कायमै राखेको गुनासो गरे । उनीहरूले नेपालका मुलवासीमाथि विभेद कायमै रहिरहे मुलकमा ठूलो जनविद्रोह हुने चेतावनीसमेत दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुरुङ्गा मधुपट्टीका अध्यक्ष देबलाल चौधरी, कार्यक्रममा जिल्ला अध्यक्ष बृजमान तामाङ, पूर्व अध्यक्ष यमबहादुर खपाङ्गी मगर, महेन्द्रप्रसाद चौधरलगायतले अधिकार प्राप्तिका लागि आन्दोलन गनुपर्नेमा जोड दिएका थिए ।


मनोहरकुमार पोखरेल