श्रम तथा रोजगार कार्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ ७ गते

विराटनगर महानगरपालिका–३ मा रहेको श्रम तथा रोजगार कार्यालयमा माघ ६ गते तोडफोड गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१३ का ६६ वर्षीय जोगीलाल यादव र विराटनगर महानगरपालिका–१६ का ४७ वर्षीय अर्जुनप्रसाद यादवलाई माघ ६ गते गिरफ्तार गरेको छ ।

ट्रेड युनियन दर्ता तथा नवीकरण प्रक्रियाका विषयमा भएको विवादलाई लिएर आरोपितहरूले माघ ६ गते कार्यालयमा तोडफोड गरेपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

तोडफोडबाट कार्यालयको झ्यालको सिसा फुटेको डिएसपी राईले बताउनु भयो ।

यसअघि ०७७ पुस १९ गते पनि कार्यालयमा तोडफोड भएको थियो । सो तोडफोड घटनमा संलग्न अझै फरार रहेको प्रहरीले जनाएको छ ।

उद्योग तथा कलकारखानामा कार्यरत मजदुर आवद्ध रहने ट्रेड युनियन दर्ता र नवीकरण प्रक्रियाका विषयमा विवाद हुँदा मजदुरहरू तोडफोडमा उत्रिएको श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत रामप्रसाद तिमल्सिनाले बताउनु भयो ।

मजदुरहरूले ट्रेड युनियन दर्ताका लागि कार्यालयमा निवेदन दिएको र  त्यसकै प्रक्रिया अघि बढाउने क्रममा सनाखतका लागि बोलाइएका मजदुरहरू नियमविपरीतको माग गर्दै तोडफोडमा उत्रिएको शाखा अधिकृत तिमल्सिनाले बताउनु भयो ।


नेत्रप्रसाद अधिकारी