शैक्षिक सत्र आधा सकिँदसमेत विद्यार्थीले किताब पाएनन्
शैक्षिक सत्र आधा सकिँदै लाग्दासमेत सिगास गाउँपालिका–८ पारिवन आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले किताब पाउन सकेका छैनन् ।
सिगास गाउँपालिका–८ पारिवन आधारभूत विद्यालयका लागि किताब किन्ने बजेट आएको भए पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिले वास्ता नगरेको विद्यार्थी तथा अभिभावकको अरोप छ ।
विद्यार्थीको हातमा किताब नहुँदा शिक्षकले एउटा किताबको भरमा कक्षा सञ्चालन गर्दा विद्यार्थीको पढाइमा असर पुगेको स्थानीय अविभावक पवित्रा साउदले बताउनु भयो ।
विद्यार्थीले किताब नपाएको विषयमा जिज्ञासा राख्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकसिंह ऐरले विद्यालयमा सबै पाठ्यपुस्तक पुगेको दावी गर्नु भयो ।
उहाँले भन्नु भयो–‘कसले भन्यो विद्यालयमा किताब पुगेको छैन भनेर ? सबै किताब पुगेका छन् । कुनै समस्या छैन । पछिल्लो समय मेरो कार्यकाल पनि सकिनै लागेकोले म अन्य योजनामा व्यस्त छु ।’
विद्यालयका प्रधानाध्याक रमेशबहादुर ऐरले भने किताब नभएको स्वीकार गरेका छन् । प्रधानाध्यापक ऐरले भने– ‘बजेट त पहिले नै निकासा भइसकेको हो । किताब विक्रि गर्नेलाई हामीले बजेट पनि दिइसकेका हौँ । अन्य विषय आए पनि कक्षा ४ को नेपाली र गणितको किताब पुगेको छैन ।’
विद्यालयमा आफु मात्र स्थायी शिक्षक भएकोले अन्य सबै निजी श्रोतमा शिक्षक राखेर पढाउनु पर्ने बाध्यता समेत रहेको प्रधानाध्यापक ऐरले बताउनु भयो ।
स्थानीय तहमा वडा कार्यालयले आधारभूत विद्यालयको व्यवस्थापन गर्नु पर्ने प्रावधान भए पनि प्रधानाध्यपक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका दुइ छोराहरूका बुवा वडा कार्यालयको सचिव पदमा छन् ।
विद्यार्थीले किताब नपाएको विषयमा जिज्ञासा राख्दा वडा सचिव मोहनसिंह ऐरले आफु धनगढी अस्पताल आएकोले कुनै जानकारी नभएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘छोराहरू विद्यालयको जिम्मेवारीमा छन् । विद्यालयमा के भइरहेको छ भन्ने कुरा मलाई खासै थाहा छैन । म बच्चाको पत्थरीको उपचार गर्न धनगढी आएको छु ।’
विद्यालयमा गणित र नेपाली विषयको किताब नपुगेको विषयमा सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले विद्यालयलाई १५ दिनभित्र पुस्तक किन्न भनेको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘मैले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई भनिसकेको छु । छिट्टै कितावको समस्या समाधान गर्नुस् ।’ यसबारेमा आफूलाई पहिला थाहा नभएको पनि उहाँले बताउनुभयो ।
कक्षा पाँचसम्म पढाई हुने पारिवन आधारभुत विद्यालयमा १ सय २२ जना विद्यार्थी अध्ययनरत छन् ।
नरी बडु
संबंधित समाचारहरू
मानव अधिकारकर्मीहरुद्वारा कोहलपुर घटनाको स्थलगत अनुगमन
बाँकेको कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको र त्यसपछि चर्केको आन्दोलनको विषयमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको बाग्मती गाउँपालिका ६ का मुन्ना स्याङ्तानलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत असार ३ गते यौन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई मङ्सिर २२ गते बलात्कार गरेको आरोपमा मोहन्याल गाउँपालिका–१ चोयाभावरका २० वर्षीय टेकबहादुर बिकलाई मङ्सिर २२ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले घटना भएलगत्तै…
प्रतिबन्धित नेकपाका जिल्ला सचिव अदालत परिसरबाटै पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यलय बागलुङले मङ्सिर २३ गते जिल्ला अदालत बागलुङबाट पुनः गिरफ्तार गरेको छ ।…
ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा, प्रशासनद्वारा तीन बुँदे निर्णय
सार्वजनिक यातायातमा सरकारले व्यवस्था गरेका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो शीर्षकमा इन्सेक अनलाइनमा मङ्सिर २१ गते समाचार प्रकाशन भएपछि ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा उपलब्ध गराउनेसम्बन्धी जिल्ला प्रशासन कार्यालय धनकुटाले…