शैक्षिक आम हड्तालका कारण देशभरका विद्यार्थीको पढाइ प्रभावित

  ०७३ साउन ३१ गते

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आह्वान गरेको दुई दिने शैक्षिक आम हड्तालको पहिलो दिन साउन ३१ गते देशभरका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

नेपालको संविधानको मौलिक हक, अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिको भावना तथा विद्यालय शान्ति क्षेत्र हुन् भनी गरिएको घोषणाको मर्म विपरित विद्यालय बन्द गराउँदा विद्यार्थीको पढाइ प्रभावित भएको हो ।


अनलाइन डेस्क