शुद्ध पिउने पानीबाट चन्केसैनका स्थानीय वञ्चित

  ०७६ भदौ २६ गते

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरीकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएता पनि के आई सिंह गाउँपालिका-४ चन्केसैनका स्थानीयबासीहरू खोलाको दुषित पानी पिउन बाध्य भएका छन् ।

चन्केसैनको खानेपानीको मुहानमा राजपुर तिखात्तर सडक खण्डले जेठमा डबल कटिङ गर्दा खानेपानीको मुहानमा पहिरो गई मुहानको इन्टेक नै पहिरोले बगाएपछि स्थानीयहरू शुद्ध पिउने पानीबाट वञ्चित भएका हुन् ।

Photo20190912Doti

पिउने पनी नपाएका कारण आफूहरू बिगत तिन महिनादेदखि एक घण्टाको दुरीमा रहेको खोलामो दुषिद पानी पिउदै आएको स्थानीय रामसिंह विश्वकर्माले दुखेसो पोखे ।

गाउँमा खानेपानीको अभाव हुँदा खोलाको धमिलो पानी पिउन बाध्य भएकोले शुद्ध पनीको व्यवस्थापनका लागि स्थानीय सरकार र प्रदेश सरकारलाई माग गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीय गौरीलाल जोशीको आरोप छ ।

पिउने पानीको मात्रै नभएर लुगा धुनका लागि समेत दुई घण्टा हिँडेर काफली खोला र रौवा खोला धाउनु परेको स्थानीय गणेश अवस्थीले दुखेसो पोखे ।

उनले भने-'अहिलेसम्म कसैले पनि चासो दिएको छैन । जसले गर्दा गाईबस्तुलाई खुवाउन र शौचालय सफा गर्न पनि समस्या भएको छ ।'

कार्की बगर चन्केसैन खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्यामप्रसाद जोशीले खानेपानीको मुहान पहिरोले बगाएको हुँदा मर्मतका लागि करिब २० लाख रूपियाँ भन्दा बढी लाग्ने र के एस कन्स्ट्रक्सन प्रालिका ठेकदार खडक ढाँटसँग मर्मत तथा निर्माणका लागि कुरा गर्दा मुहान तल पहिरोजाने ठाउँमा मेसिनरी वाल लगाउन सकिने बताएको जानकरी गराए ।

के आई सिंह गाउँपालिकाका-४ का वडा अध्यक्ष जयबहादुर धामीले खानेपानी मुहानको मर्मतको लागि पहल भइरहेको चाँडोभन्दा चाँडो समस्या समाधान हुने बताए ।

के आई सिंह गाउँपालिकाका उपाध्यक्ष मिनादेवी बिष्टले खानेपानी मर्मतको लागि १ लाख ५० हजार रुपियाँ बजेट गाउँपालिकाबाट छुट्याएको बताउँदै चाँडै समस्या समाधान हुने बताइन् ।


बासुदेब जोशी