शुद्ध खानेपानीबाट वन्चित भएको स्थानीयको गुनासो
संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि डडेल्धुराका स्थानीयहरूले आफूहरू शुद्ध खानेपानीबाट वन्चित भएको गुनासो गरेका छन् ।
जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा खानेपानीको चरम अभाव हुँदा स्थानीयले समस्या भोग्नु परेको हो ।
गाउँमा पानीका धारा नहुँदा दैनिक एक घण्टा हिँडेर कुँवाको दुषित पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय दिपक भट्टले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘स्वच्छ खानेपानीको अभावका कारण कुँवाको पानी पिउन बाध्य छौँ । त्यही पानी ल्याउनलाई पनि घण्टौँ हिड्नु पर्ने बाध्यता छ ।’
गाउँमा पीउने पानीको अभाव भएको वर्षौँ बितिसक्दा समेत स्थानीय, प्रदेश तथा संघीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ ।
खानेपानीका लागि स्थानीयहरुले पटक–पटक सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदा समेत गाउँमा खानेपानी पुग्न नसकेको नवदुर्गा गाउँपालिका–१ का स्थानीय रमेश भट्टले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो – ‘गाउँमा खानेपानीका धारा छन् । तर, धारामा पानी नआउँदा समस्या भएको छ ।’
खानेपानीको जोहो गर्नका लागि आफूहरु बिहानै कुँवामा जानु पर्ने बाध्यता रहेको र ढिलो गरी गएको अवस्थामा कुँवाको फोहर पानी समेत नपाउने अवस्था रहेको स्थानीय कलावति जोशीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘खानेपानीका लागि अनिदो बसेर भएपनि जोहो गर्नु पर्ने अवस्था आएको छ ।’
शुद्ध खानेपानीको अभावका कारण यस क्षेत्रका स्थानीयहरुलाई समस्या भएकाले यसको सामाधानका लागि पालिकाले संघीय सरकारलाई खानेपानीको योजना सिफारीस गरिसकेकाले अर्को आर्थिक वर्षसम्म स्थानीयहरुका घरघरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्य रहेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बताउनु भयो ।
भूपेन्द्र बिष्ट
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…