शिक्षक हत्या घटनाका ३५ जना आरोपितविरूद्ध मुद्दा दर्ता
मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनामा प्रहरीले ३५ जना विरूद्ध फागुन ३ गते जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको छ ।
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ३५ जना नेता तथा कार्यकर्ताविरूद्ध प्रहरीले जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान शीर्षकमा मुद्दा दर्ता गराएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका श्रेस्तेदार राजकुमार दहालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो र
प्रतिबन्धित पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकण्डसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयमा फागुन ३ गते मुद्दा दायर भएको श्रेष्तेदार राजकुमार दाहालले बताउनु भयो ।
हत्या घटनाका आरोपित लुम्बिनी,कपिलवस्तु शिवराज नगरपालिका–९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरीनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड, रोल्पा, थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बुढामगर, जाजरकोटका ४२ वर्षीय दीपक चलाउने, संखुवासभाका मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विक, मोरङ, केराबारी गाउँपालिका– ६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका–१ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी, झापा, गौरीगञ्ज गाउँपालिका–१ का २६ वर्षीय सञ्जय राई, भोजपुर, षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई, धनकुटा शहीदभूमी गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भन्ने नविन राई, पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर, काभ्रेपलाञ्चोक,चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम, सङ्खुवासभा, चैनपुर नगरपालिका– ४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई, भोजपुर, ट्याम्केमयुम गाउँपालिका–७ का ४१ वर्षीय भीम भन्ने कुमार राई, खोटाङ, दिप्रुङचुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर, सोलुखुम्ब, महाकुलुङ गाउँपालिका– १ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुङ्गा,लिखु गाउँपालिका–७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेतविरूद्ध मुद्दा दर्ता भएको छ । त्यसैगरी गोरखा, अजिरकोट गाउँपालिका–४ की ४२ वर्षीया शिलु भनिने उमा भुजेल, झापा, दमक नगरपालिका–२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु, सोताङ गाउँपालिका–१ का ३५ वर्षीय बालकुमार राई भनिने राकेश राई, भोजपुर,रामप्रसादराई गाउँपालिका–४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई, सङ्खुवासभा चैनपुर नगरपालिका–४ मैदानेका २२ वर्षीय नाती भनिने बासन राई, ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भनिने मनोज भुजेल, ताप्लेजुङ्ग मिक्वाखोला गाउँपालिका–१ का २३ वर्षीय लुङ्गा भनिने सुदम लुङखिम्बा (लिम्बू) , भोजपुर पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–५ का २९ वर्षीय संग्राम भनिने पुर्णबहादुर लिम्बू, धनकुटा,धनकुटा नगरपालिका–१ का २४ वर्षीय आशिष भन्ने बिक्रम राई, मोरङ मिक्लाजुङ गाउँपालिका–१ का २२ वर्षीय बिर्जुम भनिने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ का २५ वर्षीय विशाल लिम्वू, ताप्लेजुङ,फक्तालुङ गाउँपालिका–२ का २५ वर्षीय सङ्गम आङदम्बे, भोजपुर पौवादुङमा गाउँपालिका–४ की २४ वर्षीया अनुस्का राई, ताप्लेजुङका २५ वर्षीय हेतु साउदेन, इलाम देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौसम भनिने जितमान राई, ४५ वर्षीय अविनाश भनिने डम्बर मगर र मिक्लाजुङ गाउँपालिका–८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । विप्लवको निर्देशनमा जितेन्द्र महरासहित ६ जनाले अपहरणपछि हत्या गरेको अभियोग पत्रमा दाबी गरिएको छ ।
आरोपितहरूमध्ये सङ्खुवासभा, मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विकलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रतिबन्धित पार्टीका मोरङ इञ्चार्ज विकलाई मोरङ, बुढीगङ्गा गाउँपालिका–४ मा पार्टी गतिविधि सञ्चालन गरिरहेको अवस्थामा डिवि सिलवाल भनिने विकलाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको थियो । उनी हाल प्रहरी हिरासतमा छन् । बयानका क्रममा विकले हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनु भयो ।
मक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय शिक्षक श्रेष्ठको ०७७ मङसिर २३ गते अपहरणपछि घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
नेत्रप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…