शिक्षक र विद्यार्थीले गरेको अन्दोलनका कारण विद्यालयको पठनपाठन अवरुद्ध
महाकाली नगरपालिका–४ निवासी महेन्द्र नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक २८ वर्षीय दिनेश मल्ललाई प्रहरीले पुस १३ गते गिरफ्तार गरिएको बिरोधमा महेन्द्र नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुले पुस १६ गतेदेखि आन्दोलन सुरु गरेपछि महेन्द्र नमूना माध्यमिक विद्यालयको पठनपाठन अवरुद्ध हुनगई पुस १९ गतेदेखि सुरु हुनगइरहेको अर्ध वार्षिक परीक्षा समेत स्थगित गरिएको छ ।
नौगाड गाउँपालिका–६ निवासी महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सागर धामीलाई शिक्षक मल्लले कुटपिट गरेको आरोपमा प्रहरीले पुस १३ गते गिरफ्तार गरेको थियो ।
कुटपिटबाट बालकको कानको जाली फुटेको भन्दै पीडित पक्षले पुस १३ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएपछि शिक्षक मल्ललाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर भाष्कर चन्दले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
शिक्षकको कुटपिटबाट पुस ६ गते घाइते भएका बालकको स्वास्थ्य परीक्षण गर्दा कानको जाली फुटेको भन्ने मेडिकल रिपोर्ट आएपछि शिक्षक मल्लकाविरुद्धमा प्रहरीमा उजुरी दिएको पीडितका बुबा अन्तराम धामीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
गिरफ्तार गरिएका शिक्षक मल्ललाई रिहा गर्नु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकामा पुस १६ गते नै विद्यालय परिवारको तर्फबाट ज्ञापन पत्र बुझाएका छन् ।
गिरफ्तार गरिएका शिक्षक मल्ललाई रिहा नगरेसम्म विद्यालयले सञ्चालन गर्दै आएका सम्पुर्ण शैक्षिक गतिविधि बन्द गरिएको र पुस १९ गतेदेखि सञ्चालन हुँने भनिएको अर्ध वार्षिक परीक्षा समेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘घटनालाई आपसी समझदारीबाट समाधान गर्ने उपाय हँुँदाहुँदै पनि एक पक्षीय ढङ्गले मुद्दा दर्ता गरी समग्र शिक्षकको मनोबल गिराउने काम भयो । शिक्षकलाई बजारमा हतकडी लगाएर लगिदा समग्र बालबालिका र शिक्षकहरु आक्रोसित भएका छन् । पठनपाठक र परीक्षा समेत स्थगित भएको छ ।’
कुटपिटबाट घाइते बालको जिल्ला अस्पताल, दार्चुलामा उपचार हुँन नसकेपछि उनको थप उपचार पुस ८ गते धनगढीस्थित माया मेट्ट्रो अस्पतालमा गरिएको थियो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित चार वर्षपछि गिरफ्तार
१३ वर्षीया बालिका बलात्कारको आरोप लागेर फरार रहेका कपुरकोट गाउँपालिका –५ धनबाङ गाडापानी निवासी ८४ वर्षीय जितलाल बोहरालाइ प्रहरीले चार वर्षपछि घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाइ ०७३ माघ…
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…