शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग नेपालञ्जमा मङ्सिर १७ गते उजुरी दिएको छ ।
पीडित पक्षले घटनाको अनुसन्धान गरी कारबाहीका लागि पहल गरिदिन माग गदै मङ्सिर १८ गते इन्सेक नेपालगन्जमा पनि निवेदन दिएको छ ।
पीडित बालकलाई मङ्सिर १३ गते शिक्षकले कुटपिट गरेको र घटनाका विषयमा बुझ्न पुगेकी बालककी फुपू कन्चन श्रेष्ठ रस्तोगीलाई ३८ वर्षीय प्रिन्सिपल दिपक गुप्ताले अपशब्द प्रयोग गरी बच्चालाई स्कुलबाट तत्काल लैजान भनेर धम्क्याएको बालककी फुपूले बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल गुप्ताले बालकलाई यातना दिने हिसावले कुटपिट नगरेको बताउनुभयो । अभिभावकले विद्यालयमा आएर शिक्षकलाई समेत अनावश्यक गाली गरेको उहाँको आरोप छ ।
पीडित बालक प्रतिकले भने शिक्षकले गृहकार्य नगरेको भनेर कुटपीट गरेको बताउनुभयो ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…