शिक्षकको कुटपिटबाट एक जना विद्यार्थी घाइते

  ०७६ भदौ १९ गते

भोक्राहा नरसिंह गाउँपालिका–४ का आठ वर्षीय बालक रासिद अन्सारी शिक्षकको कुटाइबाट घाइते भएको पीडित पक्षले आरोप लगाएको छ ।

 

सोही ठेगानामा अवस्थित मोडेल पब्लिक विद्यालयकी शिक्षिका आशिका यादवले होमवर्क नगरेको आरोपमा भदौ १७ गते कुटपिट गर्दा बालक घाइते भएको पीडितका काका रूस्तम अन्सारीले बताए ।

 

विद्यालयका प्रिन्सिपल फिरोज मियाँले बालकलाई विद्यालयमा कुटपिट नभएको र बालककै आमाले घरमा कुटपिट गर्दा घाइते भएको बताए ।

 

कुटपिटबाट गोडामा निलडाम देखिएपछि घटना भएकै दिन पीडितको स्थानीय क्लिनिकमा उपचार गराएको काका रूस्तमको भनाई छ ।

 

विद्यालयका प्रिन्सिपल मियाँले अभिभावकसँग भदौ १८ गते मिलापत्र गरेको र पीडित पक्षले कहीँकतै उजुरी नगर्ने सहमति भएको बताए ।


जयकृष्ण यादव