शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागि ६ जना नागरिक समाजका अगुवा गिरफ्तार

  ०७७ वैशाख ३० गते

भातरले कालापानी क्षेत्र अतिक्रम गरेको भन्दै जिल्ला सदरमुकाम मंगलसेन बाजार क्षेत्रमा शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेका ६ जना नागरिक समाजका अगुवालाई वैशाख ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मदबहादुर कुँवर,नागरिक समाज,अछामका अध्यक्ष शंकरबहादुर रावल, अधिवक्ता गणेशप्रसाद ढुङ्गाना ,मात्रिकाप्रसाद भण्डारी,टेकबहादुर खड्का र छत्र बोहरा रहेका छन् ।

आफूहरूको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारमाथि प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरेको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मदबहादुुर कुँवरले बताउनु भयो ।

वर्तमान असहज परिस्थतीमा सभा,सम्मेलन र विरोधका कार्यक्रम उपयुक्त नहुँने भएकोले आफूहरूले उहाँहरूलाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएको एक घण्टापछि रिहा गरिएको मंगलसेन प्रहरी पोष्टका सइ तिलक कलौनीले बताउनु भयो ।


शिवराज ढुंगाना