शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता पालना गरौः आयुक्त खनाल

  ०७४ असार ७ गते

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण बनाउन आचारसंहिताको अक्षरशः पालनाका लागि सबैपक्षलाई आग्रह गरेका छन् ।

असार ७ गते निर्वाचन अनुगमनका लागि दाङ आइपुगेका पौडेलले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतहरूसंग छलफल गर्दै निर्वाचन आचारसंहिता पालना भएनभएको गम्भीरताका साथ अनुगमनसमेत गर्न निर्देशन दिए ।

उनले आचारसंहिताको पालना नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने बताउँदै सबैलाई त्यसतर्फसचेत र गम्भीर हुनका लागि आग्रह गरे । आयुक्त पौडेलले निर्वाचनलाई तडकभडकपूर्ण हुन नदिन दलहरूकै सहभागितामा आचारसंहिता निर्माण गरिएको भन्दै त्यसको सही कार्यान्वयन भए निर्वाचनलाई भव्य, शान्तिपूर्ण र भयरहित बनाउन सकिने बताए ।

'कानुनले बन्देज गरेका कार्य गर्न वा नियम विपरीत कार्य गर्न कसैलाई छुट छैन ।'-आयुक्त खनालले भने-'निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भेटिएमा कारबाही गरिनेछ ।' उनले निर्वाचन गर्न प्रतिकूल मौसम नै चुनौति भन्दै आपसी समन्वयमा काम गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिए ।

कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्र बुढाथोकीले यस क्षेत्रका ६ जिल्लामा निर्वाचन हुन थालेको जानकारी दिँदै सुरक्षा तयारी गरिएको जानकारी दिए । उनले निर्वाचन सुरक्षाका लागि यस क्षेत्रमा दुई ओटा हेलिकप्टर तयारी अवस्थामा राखिएको समेत जानकारी दिए ।

कार्यक्रममा दाङका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जिल्लाका १० ओटै तहमा असार १० गतेभित्र कर्मचारी खटाइसक्ने जानकारी दिए ।


जे.एन.सागर