शङ्कास्पद अवस्थामा महिलाको शव फेला

  ०७६ साउन १५ गते

हरिहरपुरगढी गाउँपालिका–७ को कुण्डदोभानमा एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । साउन १५ गते ४८ वर्षीया रानीमाया मोक्तानको शव शङ्कास्पद अवस्थामा उनकै घरमा फेला परेको हो ।

घरमा एक्लै रहेकी रानीमायाको हत्या भएको अवस्थामा शव फेला परेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले बताए ।

रानीमाया बुधबार बिहान अबरेसम्म नउठेपछि स्थानीयले खोजी गर्दा मृत अवस्थामा फेला पारेको उनले जानकारी दिए ।

घटनाको सूचना प्राप्त भएसँगै प्रहरी त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । इलाका प्रहरी कार्यालय कपिलाकोट र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट इन्स्पेक्टरको नेतृत्वमा दुई टोली घटनास्थल पुगेको र शव हेर्दा हत्या भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए ।

एक हात लामो डोरी घाँटीमा बाँधिएको, लुगा च्यातिएको, नाक र मुखबाट रगत आएको र शरीरका अन्य अङ्गमा समेत चोटपटक लागेको पाइएको हुँदा हत्या नै भएको प्रहरीको अनुमान रहेको सिंहले बताए । घटनाको विस्तृत अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँँकी रहेको उनले बताए । शवको

पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको र पोष्टमार्टमको प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।


बिमला पाण्डे