व्यापारिको घरमा फेला परेको बम सेनाद्वारा डिस्पोज

  ०७६ असार १० गते

मध्यपुरथिमी नगरपालिका-६ कोर्चामा रहेका व्यापारी दुर्गा प्रसाईको घरमा प्रेसर कुकर बम डिस्पोज गरिएको छ ।

प्रसाईको घरको मूल गेटमा असार ९ गते राति १० बजे भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले राति ११ः३० बजे डिस्पोज गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले बताए ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको नेपाल बन्दको एक दिनअघि प्रसाईको घरको मुल गेटमा उक्त बम फेला परेको हो । समयमै बम डिस्पोज गराइएका कारण कुनै अप्रिय घटना हुन नपाएको एसपी सविन प्रधानले बताए ।


सविना केसी