व्यवस्थापन समिति गठन विवादका कारण १५ दिनदेखि बहिरा विद्यालय बन्द
वीरेन्द्रनगर नपा-१० खजुरास्थित सिद्धबहिरा बाल विद्यालयका विद्यार्थीहरू १५ दिनदेखि पठनपाठन गर्नबाट वञ्चित भएका छन् । विद्यालय व्यवस्थापन समिति गठनको विवादको कारण सो विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर कार्कीलाई हटाउनु पर्ने माग राखी विद्यार्थीहरूले नै तालाबन्दी गरेपछि उनीहरू पठनपाठन गर्नबाट वञ्चित भएका हुन् ।
कक्षा ७ सम्म अध्यापन हुने सो विद्यालयका ६५ जना बालबालिकाहरूले प्रधानाध्यापक चन्द्रबहादुर कार्कीलाई हटाउनुपर्ने, विद्यालय व्यवस्थापन समिति तत्काल गठन गर्नुपर्ने, विद्यालय र छात्रावासको भैतिक सुधार तथा आगामी शैक्षिक सत्रदेखि कक्षा ८ सम्म अध्यापन गराइनुपर्ने लगायतका माग राखी ०७३ पुस २० गते विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेपछि उनीहरूको पढाइ प्रभावित बनेको हो ।
प्रअ कार्कीले विद्यालयको भौतिक पुर्वाधार विकासमा चासो नदेखाएको र साङ्केतिक भाषा अनुरुप अध्यापन नगराएको आरोप लगाउँदै विद्यार्थी आन्दोलित बनेका हुन् ।
उनले पढाउने विज्ञान विषयको किताबसमेत उनीहरूले च्यातेर फालेको बताइएको छ । ताला खोलेर विद्यालय सञ्चालन गर्न पुस २५ गते प्रअ कार्की, अभिभावक र पूर्व विव्यसका पदाधिकारीहरू भेला भए लगत्तै विद्यार्थीहरूले आफूमाथि हातपातसमेत गरेको कार्कीले बताए । सो हातपातको घटना भएयता प्रअ कार्की विद्यालय आउन सकेका छैनन् । हालसम्म ताला खुलाउने विषयमा कुनै पहल नभएको अभिभावकले जनाएका छन् ।
प्रअ कार्कीले ०७३ मङ्सिर ९ गते विव्यस गठन गर्दा सो विद्यालयका विव्यसका पूर्व अध्यक्ष, अन्य अभिभावक र जिल्ला शिक्षा कार्यालयलाई समेत जानकारी नदिई मनोमानी तवरले विव्यस गठन गरेको विव्यसका पूर्व अध्यक्ष लोमन बुढाको आरोप छ ।
साङ्केतिक भाषाको विद्यालय भएका कारण विवादको टुङ्गो लगाउन समस्या भएको, प्रअलाई हटाउनैपर्ने मागप्रति जिल्ला शिक्षा कार्यालयले तत्काल निर्णय दिन नसक्ने भएकोले विवाद जारी रहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतका निमित्त जिल्ला शिक्षा अधिकारी भोजप्रसाद पोखरेलले बताए । आफ्ना मागहरू पूरा गर्नुपर्ने भनी सो विद्यालयका विद्यार्थीहरूले पुस २१, २५ र माघ ४ गते जिल्ला शिक्षा कार्यालयमा धर्नासमेत दिएका थिए ।
सो विषयमा जानकारी पाएपछि इन्सेक जिल्ला प्रतिनिधिले विद्यालय परिवार, अभिभावक, विव्यसका पूर्व पदाधिकारी, प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा कार्यालयसम्म छलफल, भेटघाट र समन्वय गरी ताला खोलेर विद्यालय सञ्चालन गर्न ध्यानाकर्षण गराएपछि जिल्ला शिक्षा कार्यालयले तत्काल विद्यालयको ताला खोली विद्यालय सञ्चालनमा ल्याउने तयारी गरिरहेको निमित्त जिल्ला शिक्षा अधिकारी पोखरेलले जानकारी दिए ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…