व्यवस्थापनमा समस्या हुँदा बाल सुधार गृहमा राखिएका बालबालिकाहरुलाई सास्ती
बाल सुधार गृह व्यवस्थापन हुन नसक्दा सुधार गृहमा राखिएका बालबालिकाहरुले सास्ती भोग्नु परेको अधिकारकर्मी तथा सारोकारवालाहरुले गुनासो गरेका छन् ।
सुधार गृहमा क्षमता भन्दा दोब्बर बालबालिका राखिएका कारण व्यवस्थापनमा समस्या हुन गई बालबालिकाहरुले सास्ती खेप्नु परेको मानव अधिकारकर्मी मिना आउजिले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बाल सुधार गृहमा खानेपानीको समस्या हुने गरेको छ । प्रयाप्त मात्रामा पानीको समस्या भएकोले बालबालिकाहरुलाई शौचालय प्रयोगमा समेत समस्या हुने गरेको छ । लुगा धुन र नुहाउन समेत समस्या हुने गरेको छ । बाल सुधार गृहमा राखिएका बालबालिकाहरुका लागि खेल्नका लागि ठाउँको अभाव भएको छ ।’
२०७५ सालमा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा स्थापना गरिएको प्रदेशको २५ जनाको क्षमता भएको एक मात्रै बाल सुधार गृहमा हाल ४२ जना बालकहरु राखिदै आएकोले व्यवस्थापनमा समस्या भएको महिला मानव अधिकार समुहकी जिल्ला सदस्य गिता नेपालीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सुधार गृहमा राख्ने ठाउँ नहुँदा २१ जना बालबालिकालाई अदालतले बोलाएको समयमा ल्याउने गरी अभिभावकको जिम्मा लगाइएको छ ।’
क्षमता भन्दा बढी बालकहरु सुधार गृहमा राख्नु पर्ने बाध्यता भएका कारण व्यवस्थापनमा समस्या हुन गई सुधार गृहमा राखिएका बालबालिकाहरुले सास्ती झेल्नु परेको बाल सुधार गृह व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘क्षमता भन्दा बढी बालकहरु सुधार गृहमा रहेका कारण उनीहरुको सुरक्षा गर्न समेत असहज बनेको छ । उनीहरुको सामान्य स्वास्थ्य उपचार गर्न समेत समस्या हुने गरेको छ । समस्या समाधान गर्न माथिल्लो निकायलाई लिखित प्रतिबेदन पठाउने गरेका छौँ । तर, समस्या समाधान हुन सकेको छैन् ।’
बाल सुधार गृह कार्यालय, डोटीका प्रमुख सानुमाया लिम्बुले बाल सुधार गृहमा तारबार नभएका कारण सुधार गृहमा राखिएका बालबालिकाहरु भाग्न सक्ने जोखिम बढेको बताउँदै व्यवस्थापन खर्च रकमको व्यवस्था नभएका कारण बकपत्रका लागि बिभिन्न जिल्लाको अदालतमा पुर्याउन समेत समस्या भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘समस्या समाधान गर्न अनुरोध गर्दै माथिल्लो निकायहरुलाई लिखित जानकारी गराएका छौँ । तर, समस्या समाधान हुन सकेको छैन् । यसका लागि मानव अधिकारकर्मी, नागरिक समाज र पत्रकारहरुले पनि सहयोग र पहलकदमी गर्न आवश्यक छ ।’
बासुदेब जोशी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…