वेवारिसे विष्फोटक पदार्थ पड्कँदा बालक घाइते

  ०७७ वैशाख २६ गते

माहाकाली नगरपालिका – ३ दोधाराका नौ वर्षीय बालक महेन्द्र नेपाली वैशाख २५ गते छिमेकी गाउँ शान्ती टोलको पटेराघारीमा भेटिएको वेवारिसे विष्फोटक पदार्थ पड्कँदा घाइते भएका छन ।

माहाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले टोलमा खेल्न गएका नेपालीले विष्फोटक पदार्थलाई खेलौना सम्झी ल्याउन खोज्दा विष्फोट हुँनगइ घाइते भएका बताउनु भयो । प्रवक्ता सिजालीका अनुसार बालकका दुवै हातमा गम्भीर चोट लागेको छ भने उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी रबीन्द्रनाथ पौडेलले घटनाको बारेमा अनुसन्धान भइरहेको बताउनु भयो ।

 


कोमलनिरन्जन भाट