विविध कार्यक्रम गरी आप्रवासी कामदार दिवस मनाइयो
आप्रवासी कामदार र तीनका परिवारका सदस्यको अधिकारको माग गर्दै पुस ३ गते कास्कीमा प्रभातफेरीलगायतका कार्यक्रम गरी आप्रवासन दिवस मनाइएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस-२०१६ मूल समारोह समिति कास्कीको आयोजनामा गरिएको प्रभातफेरी पोखराको सिर्जनाचोकबाट सुरू भई जिल्ला प्रशासन कार्यलय कास्की परिसरमा कोणसभामा परिणत गरिएको थियो ।
मूल समारोह समितिमा जिल्ला विकास समिति कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, श्रम कार्यालय कास्की, महिला तथा बालबालिका कार्यालय कास्की, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय, गैर सरकारी संस्था महासङ्घ कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, इन्सेक क्षेत्रीय कार्यलय, एशियन फोरम, गुञ्जन नेपाल कास्कीलगायत मानव अधिकार तथा आप्रवासी कामदारको अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूको सहभागिता रहेको थियो ।
कोणसभामा बोल्दै कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले पठाएको विप्रेषणले मुलुक धानिरहेको हुँदा उनीहरूलाई सम्मानपूर्ण व्यवहार गर्नुपर्ने बताए ।
उनले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको पारिवारिक समस्या बढिरहेको हुनाले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूका परिवारलाई उचित परामर्शको आवश्यकता रहेको समेत बताए ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि सोसम्बन्धी जानकारीमूलक सामग्री प्रशारण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यलय परिसरमा राखिएको टेलिभिजन समेत आइतबार उद्घाटन गरिएको छ ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई सूचना र जानकारी प्रदान गर्नु राज्यको कर्तव्य भएको बताए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–२ च्यादुकका ४५ वर्षीय छवाङ् छिमेल लामालाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई पुस २९ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई माघ ३ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपालीलाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । आफूलाई घर पछाडि खेतमा बोलाएर…
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…