विवाह मण्डपबाटै 'बेहुली बालिका'को उद्धार
१४ वर्षीयम एक बालिकालाई विवाह मण्डपबाट उद्धार गरिएको छ । खाँदबारी-३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह गर्दै गरेको अवस्थामा विवाह मण्डपबाटै जिल्ला बालक्लब सञ्जालका पदाधिकारीले ती बालिकाको उद्धार गरी प्रहरीलाई जिम्मा लगाइएको छ ।
पीडित बालिकाका बावु दोस्रो विवाह गरी सर्म्पर्क विहीन रहेको र आमा वैदेशिक रोजगारका लागि मलेशियामा रहेको अवस्थामा हजुरआमालाई बाध्य बनाएर बालिकाको विवाह गराउन लागेको उद्धारमा खटिएका बालबालिकाले बताएका छन् ।
विवाह हुन लागेको थाहा पाएपछि जिल्ला बालक्लव सञ्जालका अध्यक्ष मेवाहाङ र्राई र सदस्य सैलु चौहानले प्रहरीमा उजुरी दिइ पीडित बालिकाको उद्धार गरिएको बताए ।
बाल अधिकारसम्बन्धी महासन्धि-१९८९, नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन-२०४८, बालबालिकासम्बन्धी नियमावली-२०५१ विपरित बाल विवाह गर्न लागेकाले आफूहरू पीडित बालिकाको उद्धारमा जुट्नु परेको जिल्ला बालक्लब सञ्जालका अध्यक्ष खेवाहाङ र्राईले बताए ।
प्रहरीले आरोपितलाई अनमेल विवाह र बालविवाह महलमा मुद्धा दर्ता गर्ने तयारी गरेको जनाएको छ । बाल संरक्षणका लागि गर्नु पर्ने मुख्य पहल नै बल विवाहको न्यूनीकरणका काम गर्नुपर्ने भएकाले प्रहरीमा उजुरी गरेको सञ्जालकी सदस्य शैलु चौहानले बताइन् ।
छेटु शेर्पा
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…