विभिन्न बहानामा सामुदायिक विद्यालयहरूले शुल्क असुल्दै

  ०७६ फागुन २७ गते

जिल्लाका सामुदायिक विद्यालयहरूले विभिन्न बहानामा शुल्क उठाएको विद्यार्थीहरूले गुनासो गरेका छन् । जिल्लाका अधिकांश विद्यालयले विभिन्न बहानामा शुल्क उठाउने गरेकोे विद्यार्थीहरूले गुनासो गरेका हुन् ।

Photo20200310Dolakha

भीमेश्वर नगरपालिका–७ मा रहेको कुटीडाँडा माध्यमिक विद्यालयले शिक्षकको तलवका लागि भन्दै परिक्षा शुल्कका नाममा १ सय रुपैयाँ, मासिक शुल्क ४ सय रुपैयाँ र कम्प्यूटर शुल्क ४ सय रुपैयाँ गरी वार्षिक ९ सय रुपैयाँ प्रति विद्यार्थी लिईरहेको विद्यार्थीहरूले बताका छन् । विद्यालयका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले शिक्षकको तलब नपुग हुने भएकोले थोरै रकम विद्यार्थीहरूबाट लिएको बताउनु भयो । विद्यालयका शिक्षकहरूका लागि प्रयाप्त तलव नभएकोले व्यवस्थित अध्यापनका लागि थोरै रकम विद्यार्थीबाट लिएको उहाँले बताउनु भयो । कक्षा ९ र १० का विद्यार्थीबाट मात्र कम्प्यूटर कक्षाका लागि ४ सय रुपैयाँं लिएको हो प्रधानाध्यापक श्रेष्ठले बताउनु भयो ।

सामुदायिक विद्यालयले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क उठाउनु नाजायज भएको अनेरास्ववियू दोलखाका सह–संयोजक राजकुमार ढुङ्गेलले बताउनु भयो । विद्यालयले विभिन्न बहानामा शुल्क उठाएकोमा आपत्ति जनाउँदै त्यसको विरोधमा उत्रने चेतावनी सह–संयोजक ढुङ्गेल दिनुभयो । विद्यालयले विद्यार्थीहरूबाट चर्को शुल्क लिएको गुनासो धेरै विद्यालयबाट आएको छ । शुल्क नलिन विद्यालयलाई भनेका थियौ, चारैतर्पmबाट गुनासो आएपछि विरोधमा उत्रनुको विकल्प रहेन–ढुङ्गेलले भन्नुभयो । कुटीडाँडा मावि जस्तै सुर्के माबि, देवी मावि र नमुना विद्यालयमा छनौट भएको सदरमुकामको कालिञ्चोक माविले समेत विभिन्न बहाना देखाएर विद्यार्थीबाट शुल्क उठाईरहेको छ विद्यार्थीहरूले बताएका छन् ।

नेपालको संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था नेपालको संविधानको धारा ३१ को २ मा गरेको छ ।


उद्धव पोखरेल