विप्लव नेतृत्वको पार्टी निकट शिक्षक सङ्गठनका सचिव इन्सेककर्मीको रोहवरमा रिहा
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भातृ सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठन (क्रान्तिकारी) का जिल्लासचिव कमलकुमार हेल्लोक लिम्बु इन्सेकका जिल्ला प्रतिनिधिसहितका मानव अधिकारकर्मीको रोहवरमा वैशाख ३१ गते प्रशासनबाट रिहा भएका छन् ।
उनी आफैँले जिल्ला प्रशासन कार्यालयमा वैशाख ३१ गते सो पार्टीमा नरहने र स्वतन्त्र रूपमा जीवनयापन गर्ने लिखित पत्र बुझाएपछि उनलाई मानव अधिकारकर्मीको रोहवरमा रिहा गरिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
प्रहरी र प्रशासनको रेकर्डमा लिम्बूको नाम प्रतिबन्धित पार्टीको कार्यकर्ता रहेकोमा प्रहरी प्रशासनबाट केरकार गरेपछि आफैँले स्वतन्त्र रूपमा जीवनयापनका लागि अपिल गरेको लिम्बूले बताए ।
इन्सेक प्रतिनिधि देवराज गुरुङ र मानव अधिकारकर्मी खड्गविक्रम सुवेदीको रोहवरमा फक्ताङलुङ गाउँपालिका–५ का लिम्बुलाई छाडिएको हो ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…