विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तीकारीका नेता गिरफ्तार

  ०७५ चैत १० गते

बागौचर नगरपालिका –९ निवासी अखिल क्रान्तीकारी सल्यानका उपाध्यक्ष २५ वर्षीय भीमबहादुर वलीलाइ सोही नगरपालिका–२ बागचौर बजार बाट चैत ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

अखिल क्रान्तीकारी सल्यानका उपाध्यक्ष समेत रहेका वलीलाइ फागुन ११ गते कपुरकोट नजिकै ट्रक र जीपमा तोडफोडमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

अखिल क्रान्तीकारी सल्यानका अध्यक्ष टंकप्रकाश केसीले कुनै पार्टीमा आस्था राखेकै भरमा यसरी कार्यकर्तालाइ गिरफ्तार गर्नु अवैधानिक भएको भन्दै आपत्ति जनाएका छन् ।


मिना बुढाथोकी