विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ भदौ ७ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की र स्याङजा जिल्ला इञ्चार्ज तनहुँ घर भएका कृष्ण वाग्ले रुपेश र जनपत्रकार पत्रकार सङ्गठनका केन्द्रिय सदस्य पोखरा महानगरपालिका–२८ बस्ने ओम हमाललाई प्रहरीले भदौ ६ गते गिरफ्तार गरेको छ ।

स्थानीयलाई डर देखाएर त्रसित बनाएको भन्दै कास्की प्रहरीको टोलीले पोखरा मनपा–२७ शिशुवाबाट  दुई जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

केसीले गिरफ्तार गरिएका दुवै जनाविरूद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको बताए । हमाल जनसञ्चार डटकमका सम्पादक हुन् । उनको गिरफ्तारीको विरोधमा नेपाल पत्रकार महासङ्घ कास्कीले विज्ञप्ति जारी गर्दै तत्काल विना शर्त रिहाइको समेत माग गरेको छ ।


सुशन घिमिरे