विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ असार १४ गते

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ४५ वर्षीय रोहित पन्तलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ ।

पन्तलाई शहीद लखन गाउँपालिका–४ ताक्लुङ स्थित उनकै घरबाट गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गारेखाका एसपी भोला रावलले जानकारी दिए ।

असार १२ गते जिल्ला अदालतमा राजद्रोह अन्तर्गत मुद्दा दर्ता गरी पन्तमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती