विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ जेठ १० गते

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  चारजना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

नेकपा राप्ती व्युरो सदस्य आठबिसकोट नगरपालिका–११ गोईरीका ४१ वर्षीय गम्भीर सिर्पाली भनिने गोर्ख कामी, जिल्ला कमिटी सदस्य सानिभेरी गाउँपालिका–३ का ३१ वर्षीय दिर्घराज गहतराज, त्रिवेणी गाउँपालिकाका सेक्रेटरी सोही गाउँपालिका निवासी ४६ वर्षीय छवलिलाल घर्ती र युवा फाँटका जिल्ला उपाध्यक्ष आठबिसकोट नगरपालिका–११ का २२ वर्षीय विवेक बिकलाई ०७६ जेठ १० गते प्रहरीले गिरफ्तार गरेको हो ।

त्रिवेणी गाउँपालिका–१ सिन्तुबजारमा फिरौति रकम माग गर्दै अवान्छित गतिविधि गर्दै स्थानीयलाई धम्काउँदै शान्ति सुरक्षामा चुनौति दिइरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई सोही स्थानबाट जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।

उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ  ।


मनिषा केसी