विप्लव नेतृत्वको नेकपाका कोशी ब्युरो सदस्य गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो सदस्य बाबुराम किराँती लाई असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीले खाँदबारी नगरपालिका–७ नयाँ बजारमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर रामेश्वर पण्डितले जानकारी दिए ।
गिरफ्तारीमा परेका राईलाई कहाँ कुन अवस्थामा राखिएको छ भन्ने प्रहरीले खुलाउन चाहेको छैन । राई तत्कालीन १० वर्षे युद्धमा सहभागी हुँदा टाउकोमा गोली लागेर घाइते भएको परिवारले जनाएको छ ।
राई शान्ति समितिको सूचीमा (क) वर्गको घाइतेको सूचीमा समेत रहेका छन् । राई राज्यले दिने रकम लिन जिल्ला प्रशासन कार्यालय आएको मौकामा प्रहरीले गिरफ्तार गरेको हो ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…