विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ असार ६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ३६ वर्षीय कुलदिप थापा मगर (अविलास) लाई प्रहरीले असार ४ गते गिरफ्तार गरेको छ ।

रामेछाप दोरम्बा गाउँपालिका–६ स्थायी घर भएका थापालाई प्रहरीले भक्तपुर सुर्यविनायक नगरपालिका–८ दार्जिलिङ्ग हाइटबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले बताए ।

थापाबाट सो पार्टीको परिचय पत्र, नेपाल कम्युनिष्ट पार्टी लेखिएको आर्थिक सहयोग रसिद आठ थान, आठौँ महाधिवेशनमा प्रस्तुत एवम् पारित विधान २०७३ लेखिएका किताव दुई थान, नेपाल कम्युनिष्ट पार्टीको लोगो भएको छाप, राजनीतिक प्रतिवेदन, पार्टी सम्बन्धित पर्चा पम्पलेट, आठ थान मोबाइललगायतका सामानहरू समेत बरामद गरेको प्रहरीले जनाएको छ ।


सविना केसी