विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ जेठ ३० गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का दुई जना जिल्ला सदस्यलाई प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय इन्द्रकुमार घर्ती “गगन” र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कावासोती नगरपालिका–१ का ३५ वर्षीय धनसिं थगुन “अर्जुन” रहेका छन् ।

उनीहरूलाई जिल्लाको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–६ अत्रैलीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर रामजी देवकोटाले बताए ।

गिरफ्तार गरिएका दुवै जनालाई हाल हिरासतमा राखेर अनुसन्धान गरिरहेको इन्स्पेक्टर देवकोटाले जानकारी दिए ।

 


तिर्थराज डुम्रे