विप्लव नेतृत्वको नेकपाका १८ जना कार्यकर्ता गिरफ्तार

  ०७६ जेठ २६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी सहित १८ जनालाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–११ उरी स्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठक बसिरहरेको बेला नेकपा कास्की जिल्ला सेक्रेटरी आक्रोश भनिने ४१ वर्षीय विवेक भण्डारी, नेकपा कास्की जिल्ला सदस्य परिर्वतन भनिने ३२ वर्षीय सन्तोष बिक, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य २६ वर्षीय काजी गुरुङ, जिल्ला उपाध्यक्ष २१ वर्षीय आस्था नेपाली, अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस संयोजक २३ वर्षीय प्रकाश बास्तोला, विद्यार्थी नेताहरू २१ वर्षीय सुजन सापकोटा, २० वर्षीय बसन्त अर्याल, १७ वर्षीय गगन परियार, २० वर्षीय राजन साउद, १८ वर्षीय सुनिता परियार, २१ वर्षीय देवी गुरुङ, २० वर्षीय बलराम परियार, २० वर्षीय प्रतिमा भण्डारी, २६ वर्षीय प्रमोद सिंह, २० वर्षीय दिपेन्द्र बुढा, २२ वर्षीय रविन पौडेल र २३ वर्षीय दिपेन्द्र परियारलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए ।

नेकपा जिल्ला सङ्गठन समिति कास्कीका इञ्चार्ज रुपेशद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण तरिकाले बिना हातहतियार जम्मा भएर बैठक गरिरहेको अवस्थामा गिरफ्तारी गरिएको भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई निःशर्त रिहाईको माग गरिएको छ ।


सुशन घिमिरे