विप्लव नेतृत्वको नेकपाका कार्याकर्ताद्वारा प्रशासन समक्ष पार्टी परित्यागको प्रमाण पेश

  ०७६ जेठ ८ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गुलरिया नपा–२ का ३० वर्षीय दिपकबहादुर बस्नेत र सोही ठाउँकी २८ वर्षीया उर्मिला परियारले जेठ ७ गते जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसमक्ष दिपक र उर्मिलाले विगतमा विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीको समर्थक रहेपनि आगामी दिनमा पार्टीको कुनैपनि गतिविधिमा नलाग्ने र लागेको पाएमा कानुनी कारवाही भोग्न तयार रहेको भन्दै लिखित रूपमा आत्मसमर्पण गरेका हुन् ।

उनीहरूले आफैँ उपस्थित भएर पार्टी परित्याग गरेको र राज्य विरूद्धको कुनै पनि गतिविधिमा नलाग्ने भन्दै सुधार हुने मौका मागेकोले कागज गराई छाडिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङले बताए ।


मानबहादुर चौधरी