विप्लव नेतृत्वको नेकपाका नेता गिरफतार

  ०७६ जेठ ८ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इञ्चार्ज ६३ वर्षीय बलबहादुर ओली र सुर्खेत जिल्ला सेक्रेटरी ४८ वर्षीय खड्कबहादुर खड्का (यामराज) लाई प्रहरीले जेठ ७ गते भेरीगङ्गा नपा–५ भर्लेनीबाट गिरफ्तार गरेको छ ।

कर्णाली प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय, सुर्खेतको संयुक्त टोलीले भेरीगङ्गा नपा–५ मा सो पार्टीको बैठक बसिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

केन्द्रीय सदस्य ओली र जिल्ला सेक्रेटरी खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतस्थित हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी वीरेन्द्र रजौरेले जानकारी दिए ।


दुर्गा थापा