विप्लव नेतृत्वको नेकपाका सेती व्युरो सचिव गिरफ्तार

  ०७६ वैशाख १३ गते

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका सेती व्युरो सचिव डबल शाहलाई धनगढीस्थित हसनपुरबाट  प्रहरीले वैशाख १३ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका शाहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।


मैनामोती चौधरी