विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकताद्वारा पार्टी परित्यागको घोषणा

  ०७६ वैशाख ९ गते

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ताले पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।

विभिन्न समयमा गिरफ्तारीमा परेका तीन जना कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा वैशाख ८ गते धरौटी बुझाए लगत्तै पत्रकार सम्मेलन गरी सो पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्यागको घोषणा गर्नेमा म्याङलुङ्ग नपा–८ का जिल्ला सदस्य ४८ वर्षीय हेमबहादुर लिम्बू , झापा दमक नपा–२ का २६ वर्षीय नगेन्द्र लिम्बू र भोजपुर अरूण गाँउपालिका–१ का ३२ वर्षीय अम्बरबहादुर मगर रहेका छन् ।

गिरफ्तारीमा परेकाहरुले जनही ५/५ हजार रुपियाँ धरौटी बुझाएपछि रिहा गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाँईले बताइन् ।

उनीहरूले प्रशासनमा स्वतन्त्र रुपमा जीवन निर्वाह गर्ने र राज्य विरोधी गतिविधिमा संलग्न नहुने लिखित पत्रसमेत बुझाएका छन् ।

यसैबीच पत्रकार सम्मेलन गरी सरकारले प्रतिबन्ध लगाएको पार्टीमा आफूहरूको कुनै संलग्नता नरहेको र आगामी दिनमा नरहने हेमबहादुर लिम्बूले बताए ।


भगिश्वर लिम्बू