विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य गिरफ्तार

  ०७६ वैशाख २ गते

विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टीका जिल्ला सदस्य बर्दघाट नपा–४ का ३४ वर्षीय रमेश बस्याललाई प्रहरीले वैशाख १ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

प्रहरीले बस्याललाई घरैबाट गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।

बस्याल उक्त पार्टीमा सङ्लग्न रहेको आरोपमा यसअघि पनि सार्वजनिक मुुद्दा चलाइएकोमा धरौटीमा रिहा भएका थिए ।


नारायण पराजुली