विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७५ चैत ३० गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विष्णु राउत क्षेत्रीलाई प्रहरीले चैत २८ गते सन्धिखर्कबाट प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारले सो पार्टीलाई राजनीतिक प्रतिबन्ध लगाएको तर उनले सरकारी सङ्घसंस्था तथा विद्यालयहरूमा शुल्क वृद्धि भएको र उक्त शुल्क खारेजसहित विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको पाइएपछि उनलाई गिरफ्तार गरिएकाजिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए ।


नारायण भुसाल